दुर्घटनामा परिन नायिका केकी

प्रकाशित मिति:

काठमाडौँ –नायिका केकी अधिकारीसहितका कलाकार चढेको गाडी रौतहटको कटहरियामा दुर्घटनामा परेको छ । सामाजिक गीतको छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको प्रहरीले जनाएको छ।गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत कलाकार सामान्य घाइते भएका छन् ।

गीतको छायाँकन भोलिदेखि हुनेछ । बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतनका निर्माण गर्न लागिएको सो गीतको निर्माणका लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानी रहेको छ ।दुर्घटना बिहान सबेरै भएको प्रहरीले जनाएको छ ।