मुसिकोटमा जागरण अभियान : कार्यकर्तामा उत्साह

प्रकाशित मिति:

गुल्मी – नेपाली कांग्रेस गुल्मीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान गुल्मीमा निकै उत्साहका साथ चलिरहेको छ । यसै क्रममा मुसिकोट नगरपालिकाको वडा नम्बर २ , ३ , ४ का कार्यकर्ता संग अन्तर्कृया बडागाउँमा सम्पन्न भएको छ ।

प्रमुख अतिथी भुपु सैनिक संघको केन्द्रिय अध्यक्ष एबम केन्द्रिय प्रतिनिधि धनबहादुर मास्की राणाको उपस्थिती रहेको थियो । नेबी संघका पूर्व केन्द्रिय उपाध्यक्ष एबम नेपाली कांग्रेसका महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारी , नेबी संघका पूर्व बिदेश बिभाग प्रमुख एबम नेपाली कांग्रेसका नेता दामोदर भुसाल लगायतको उपस्थिती रहेको थियो ।

सामाजिक संवाद, युवा केन्दि्रत विशेष संवाद, वडास्तरीय अन्तर्क्रिया, सरकारका कमिकमजोरी र अहिले फस्टाइरहेको भ्रस्तचार , हत्या हिंसाको बढ्दो रुपको समिक्षा र पार्टी प्रवेश लगायतका कार्यक्रमहरुले स्थानिय कार्यक्रतामा उत्साह थपिएको नेता महेन्द्र भण्डारीले सबलपोस्टलाई जानकारी गराउनुभयो ।  वडा नम्बर ३ का वडा अध्यक्ष हरी प्रसाद घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । साथै हिजो मात्र हस्तिचौरमा जागरण अभियानका कार्यक्रमहरु सम्पन्न भएका थिए ।