स्कुटर दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको ज्यान गयो

५ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
85 Shares


कपिलवस्तु-कपिलवस्तुमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार बेलुकीपख जिल्लाको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरामा भएको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा निवासी लक्ष्मी आचार्यको ज्यान गएको हो ।आचार्य सवार स्कुटर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि युनाइटेड अस्पताल ४ नं। ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभए पछि उहाँलाई तत्काल बुटवल रिफर गरिएको थियो । उपचारको क्रममा उहाँको ज्यान गएको बताइएको छ ।मृतक आचार्य एक गैर सरकारी संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँका एक छोरी र एक छोरी रहेका छन् । आचार्य सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यकी सुपुत्रि हुनुहुन्थ्यो ।अंग्रेजी विषयमा स्नाकोत्तर उत्रीर्ण आचार्य नेकपा केन्द्रिय सदस्य विमला घिमिरेकी भाई बुहारी पनि हुनुहुन्थ्यो ।आइतबार बेलुकीपपख दुर्घटना लगत्तै उद्धार गर्ने व्यक्ति नहुँदा उहाँलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटना भएपछि झण्डै पौने घण्टा हुँदासम्म उहाँको उद्धार नभएको बताइएको छ ।टाउँकोमा गम्भिर चोट लागेको आचार्यको अत्याधिक रक्तस्रावको कारण निधन भएको डाक्टर स्रोतले बताएको छ । आचार्यको तत्काल उद्धार भएको भए बाँच्ने आधार जिवितै रहने सम्भावना रहेको डाक्टरहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…