अरिङ्गालको टोकाईबाट गुल्मीमा एक बालकको ज्यान गयो

प्रकाशित मिति:

गुल्मी-गुल्मी अरिङ्गालले टोक्दा आइतबार गुल्मीमा एक बालकको ज्यान गएको छ । आइतबार बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितर बितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ वर्षीय पवन अधिकारीको ज्यान गएको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि पाल्पामा रहेको युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिनुभयो ।मृतक पवनका बुवा दुबईमा रहेकाले बुवा नआउन्जेलसम्मका लागि शव अस्पतालमै राखिने आफन्तले जनाएका छन् । आमा र छिमेकी एक बालिकासँगै विद्यालय जाँदै गरेका पवनलाई ६० ओटाभन्दा बढी अरिङ्गालले टोकेको र उनकी आमा र सँगै रहेकी बालिकालाई पनि १०र१५ ओटाले टोकेको छिमेकीले जनाएका छन् ।