पत्रकार पाण्डेय माथि भएको आक्रमणप्रति नेपाली कांग्रेसको आपत्ती

प्रकाशित मिति:

भदौ, नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपरासिका सदस्य एवं बर्दघाटबाट प्रकाशन हुने स्थानिय पत्र साप्ताहिकका प्रबन्धक पत्रकार रबिलाल पाण्डेयमाथि भएको साघातिक आक्रमणको नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ । एउता पत्रकारले समाचार लेखेको बिषयलाई लिएर दुव्र्यहार गरिएको घटनाले लोकतन्त्र र विधिको शासनको उपहास गरेको विज्ञप्तीमा जनाइएको छ ।
समाचार प्रति असन्तुष्ट रहे कानुनि तवरले अगाडि जाने बाटो हुदाहुदै पत्रकारमाथि सांघातिक हमला गर्नु तथा प्रेस स्वातन्त्रतामाथि अंकुस लगाउने खालका गतिविधिप्रति नेपाली कांग्रेसले घोर भ्रत्सना गरेको छ । नगर सभापति शम्भुलाल श्रेष्ठको हस्ताक्षरीत विज्ञप्तीमा यस्ता घटनाले प्रेस स्वतन्त्रता र निष्पक्ष पत्रकारिता माथिमा आच आउने समेत उल्लेख गरेको छ । पत्रकार पाण्डेय माथि भएको घटनाको निष्पक्ष छानबिन गरि घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाहि गर्न स्थानिय प्रशासनसंग बिज्ञप्ति मार्फत माग गरेको छ । बर्दघाट नगरप्रति इ–रिक्सा चालकको गुनासो सम्बन्धित समाचार लेखीएको विषयलाई लिएर पत्रकार पाण्डेय माथि कुटपिट भएको थियो ।