सार्बजनिक भयो डरलाग्दो तथ्याङ्क ,लागूऔषध धन्दामा विदेशी तीन वर्षमा ४२६ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौँ -मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ ।नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो । प्रहरीको आर्थिक वर्ष २०७२र७३ देखि २०७४र७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७२र७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३र७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो ।त्यस्तै, आव २०७४र७५ मा १ सय ३९ जना पुरुष र १० जना महिला गरी १ सय ४९ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले विदेशबाट लागूऔषध ल्याउने र यहाँबाट अन्यत्र लैजान नेपाली भूमि प्रयोग गर्ने गरिएको पाइएको बताए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।