‘अबकी बार फिर ट्रम्पकी सरकार’

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
57 Shares


एजेन्सी– अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दे उनका लागि आगामी चुनावको नारा तय गरेका छन् ।अमेरिकी चुनावको पूर्वसन्ध्यामा उनले भारतीय चुनावमा समेत आफ्ना पक्षमा प्रयोग भएको नारालाई नै अमेरिकी राष्ट्रपति ट्रम्पका लागि सार्वजनिक गरेका हुन् ।उनले‘अबकी बार फिर ट्रम्पकी सरकार’ नारा अमेरिका पुगेर सार्वजनिक गरे ।टेक्सासको ह्युस्टनमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदीले भारतको राम्रो साथीको रुपमा आफूले ट्रम्पलाई पाएको बताएका थिए । २०१७ मा आफूलाई ट्रम्पले परिवारका सदस्य चिनाएको स्मरण गराउँदै मोदीले  आफूले अमेरिकाको ह्युस्टनमा आफ्नो भारतीय परिवारलाई ट्रम्पसमक्ष चिनाउन पाउँदा खुसी लागेको बताए ।

ट्रम्पले पनि ५० हजार भन्दा बढी संख्यामा उपस्थित भारतीय अमेरिकीहरुप्रति धन्यवाद व्यक्त गरे । भारतीय प्रवासीप्रति गर्व रहेको उल्लेख गर्दै ट्रम्पले अमेरिकालाई बलियो बनाउन भारतीय आप्रवासीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।ट्रम्पले दुई देशबीचको साझा सपना र उज्वल भविष्यका लागि सहकार्य गर्न आफू उत्साहित रहेको बताए । उनले सीमा सुरक्षा तथा मुस्लिम आतंकवादविरुद्ध संयुक्त रुपमा लड्ने प्रतिवद्धता जनाए ।ट्रम्पलाई मन्तव्यका लागि बोलाउँदा अंग्रेजीमा बोलेका मोदीले आफ्नो मन्तव्य राख्ने क्रममा भने हिन्दीमा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…