लिभरपुलको निरन्तर जीत कायमै, चेल्सी २-१ गोलले पराजित

प्रकाशित मिति:

एजेन्सी –इंग्लिस प्रिमियर लिगको साबिक उपविजेता लिभरपुलले यो सिजन पनि आफ्नो प्रभावशाली यात्रा कायमै राखेको छ ।लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई पराजित गर्दै लिभरपुलले विजयी यात्रा कायमै राखेको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल खाएको घरेलु टोली चेल्सीले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न सकेन ।

लिभरपुलका लागि १४ औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड तथा ३० औँ मिनेटमा रोबर्टो फिरमिनोले गोल गरे । चेल्सीका लागि ७१ औँ मिनेटमा एन गोलो कान्टेले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ ।यस्तै ६ खेलबाट ८ अंक मात्रै बनाएको चेल्सी ११ औँ स्थानमा झरेको छ । लिभरपुलले गएको सिजनका पछिल्ला ९ तथा यो सिजनका सुरुका ६ गरी कुल १५ खेलमा लगातार जित निकालेको छ ।