सामुदायिक विद्यालयमा अझैपनि एसएलसी फेल शिक्षक !

प्रकाशित मिति:

काठमाडौं – अझैपनि एसएलसी अनुत्तीर्ण शिक्षकहरुले सामुदायिक विद्यालयमा पढाइरहेको पाइएको छ । गत साउन १ गते देखि लागु भएको शिक्षकहरुको नयाँ तलवमानमा २ विषयमा र सो भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुको तलवमान सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकामा २ भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुकोसमेत तलवमान सार्वजनिक गरेको हो ।

केन्द्रले सार्वजनिक गरेको आव २०७६–७७ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा दुई विषय भन्दा बढीमा एसएलसी अनुत्तीर्ण प्राथमिक तहका शिक्षकहरुको तलव मासिक २० हजार ६८० र ६ ग्रेड भएकाको २४ हजार ८१४ तोकिएको छ । यसैगरी, दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकको तलव मासिक २२ हजार १० र ६ ग्रेड भएकाको २६ हजार ४१४ तोकिएको छ ।

एसएलसी तेस्रो श्रेणीमा उत्तीर्ण शिक्षकहरुको तलव २६ हजार ६१० र ६ ग्रेड भएकाको मासिक ३१ हजार ९३२ तोकिएको छ । एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण शिक्षकको २८ हजार २०० र ८ ग्रड भएकाको ३५ हजार ७२० तोकिएको छ । यसैगरी, एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण प्राथमिक तहका शिक्षकहरुको मासिक तलव ३५ हजार ९९० र ८ ग्रेडसहित ४५ हजार ५९० तोकिएको छ । यसैगरी निम्नमाध्यमिक तृतीय श्रेणीको तलव मासिक २८ हजार २०० र ८ ग्रेड सहित ३५ हजार ७२०,निमावि द्वितीय श्रेणीको ३५ हजार ९९० र ८ ग्रेड सहित ४५ हजार ५९० र निमावि प्रथम श्रेणीको ३७ हजार ८८० र ८ ग्रेड भएकाको ४७ हजार ९८४ तोकिएको छ ।

यस्तै, माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको तलब मासिक ३५ हजार ९९० र ८ ग्रेड सहित ४५हजार ५९०, मावि द्वितीय श्रेणीकाको ४० हजार ३८० र ८ ग्रेड सहितको ५१ हजार १४८ र मावि प्रथम श्रेणीको मासिक ४७हजार ३८० र ८ ग्रेड भएकाको मासिक ५६ हजार ८५४ तोकिएको छ । सरकारले प्राथमिक तहमा एसएलसी अनुत्तीर्ण शिक्षकहरुलाई मासिक २४ हजार ८१४ मा पढाउन लगाइरहेको अवस्थामा केही स्नातकोत्तरसमेत उत्तीर्ण रहेका इसिडि शिक्षकहरुलाई भने मासिक ६ हजार दिँदै आएको छ ।

 

आव २०७६–७७ को कार्यक्रम कार्यान्वयन पुस्तिका