​आत्महत्याको धम्की दिँदै १८ घण्टासम्म होटलको छतमा टिकटक स्टार, ५० लाख छन् फलोअर

प्रकाशित मिति:

दिल्लीको हरिनगर इलाकामा एक व्यक्ति होटलको छतमा चढेर सुसाइडको धम्की दिन थाले । उनको नाम सन्दीप उर्फ अरमान मलिक हो । छतमा चढेर अरमानले सुसाइडको धम्कीयुक्त तीनवटा भिडियो पनि टिकटकमा अपलोड गरे । यो भिडियो अहिले भाइरल भइरहेको छ । एक भिडियोमा अरमान मलिकले भनेका छन्, ‘मेरो श्रीमती पायल र उसको घरका मान्छे मिलेर ममाथि बलात्कारको मुद्दा लगाए ।’

अर्को भिडियोमा उनले सुसाइडको धम्कीयुक्त पत्र पनि टिकटकमा अपलोड गरेका छन् । अरमानले पत्रमा यस कदमका पछाडि पायलकी दुई बहिनीलाई जिम्मेबार ठहराएका छन् ।

प्राप्त जानकारीका अनुसार पायल अरमानकी पहिलो श्रीमती हुन् र उनको सोही होटलमा दोस्रो विवाह भयो । प्रहरीका अनुसार अरमान श्रीमतीसँग अहमदाबादबाट उक्त होटलमा आए र अचानक दुवैबीच विवाद भयो र अरमान छतमा गए । प्रहरीको टोलीले सोमवार दिउँसो अरमानलाई छतबाट बाहिर ल्याएका छन् । – एजेन्सी