​सडक नाप्न गएका सब–ओभरसियर माटोको ढिस्कोले पुरिए, एक्साभेटरले निकालियो शव

प्रकाशित मिति:

पर्वत – माटोको ढिस्कोले पुरिएर पर्वतको कुश्मा नगरपालिका–७ खहरेमा एक सब–ओभरसियरको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गतको बाटोको काम हुँदै गर्दा सडकमाथिको मोटोको ढिस्कोले पुरिएर मोरङ बेलबारीका कमल राईको मृत्यु भएको हो।

सोमबार बिहान १० बजे सडकको लम्बाइ–चौडाइ नाप्ने क्रममा अन्दाजी २० वर्षीय राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। राईको शवलाई एक्साभेटरको सहयोगले बाहिर निकालिएको छ।