प्रदेश १ मा कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित

प्रकाशित मिति:

विराटनगर– प्रदेश १ को प्रदेशसभाले नेपाली कांग्रेसको विरोधका बाबजुद मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको प्रदेशसभामा कांग्रेस सांसदहरुको नाराबाजीका बीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेको विधेयक प्रदेसभाको बहुमतले पारित गरेको हो ।

कांग्रेस सांसदहरुले विरोधकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकासमन्त्री घिमिरेलाई समय दिएका थिए । विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा कांग्रेसले असहमति जनाएको थियो ।