कक्षा ११ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारी

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
65K Shares

File

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार कुनै प्राबिधिक समस्या नआएमा प्रकाशित गर्ने तयारि गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज अन्तिम ट्याली गरिरहेका छौ भोली दिउसो परीक्षाफल प्रकाशित गर्ने तयारिमा छौ’ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।’

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया