राजपा अध्यक्षमण्डलको जिम्मेवारी महन्थ ठाकुरलाई

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हाल्नुभएको छ । संयोजक ठाकुरले आजदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो ।

राजपाको आइतबार भएको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजपाको हरेक दुई महीनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले नेतृत्व पाउनुभएको हो । यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव हुनुहुन्थ्यो । तराई–मधेश केन्द्रित छ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन् । एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ । – रासस 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग