जीतिया पर्वको अवसरमा नवलपरासीको विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु संचालन

प्रकाशित मिति:

नवलपरासी-तराई बासीहरुले विशेष रुपमा मनाइने नेपाली हिन्दु महिलाहरुको पर्व जीतियाको अवसरमा पश्चिम नवलपरासीको विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु संचालन भएका छन । सोहि अवसरमा हरियाली जनकल्याण सेवा संस्था , सृजन शिलमहिला कृषक समुह र सुनौलो किशोरी समुह सरावल १ भगडाको आयोजनामा ६ औं जितीया मेला महोत्सव एवं जीतिया विशेष सांस्कृतिक कार्यक्रम २०७६ भगडामा सोमबार सम्पन्न भएको छ । भाषा सांस्कृति जापतयपहिचान भेषभुसा संरक्षरण,शैक्षिक सामाजिक उत्थान जातिय विभेदको अन्त्य गर्ने मुल उद्धेश्यका साथथारु सांस्कृतिकार्यक्रम झमटा नाचगित लाठि नाच तथा विविध कार्यक्रम सम्पन्न भएको हो ।

मेला व्यवस्थापन समितीका अध्यक्ष अर्जुन चौधरकिो अधयक्षता एवं नेपालीकांग्रेसका केन्द्रिय सदस्यप्रतिनीधिसभा सदस्यएवं पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख आतिथि कण्डेलले पश्चिमनवलपरासी आदिबासी जनजातिहरुको बहुल्यता क्षेत्र भएको हुदा यस क्षेत्रमा आदिवासी संग्रालयआवश्यक रहेको र सो निर्माणमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै सराव गाउपालिकका अध्यक्ष राधेश्याम चौधरीले यस गाउपालिकाले सबै जातिभाषाधर्म र सांस्कृतिको संरक्षणमा सहयोग गर्दै आएको र अगामि दिनमा पनि निरन्तर रुपले गरि रहने प्रतिबद्धता व्यक्तगर्नुभयो । सो अवसरमा विशेष अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भाकुवरले धर्म संस्कृतिहरु परापुर्वकाल देखिनै चल्दै आएको र यसलाई बचाइ राख्न सवै समुदाय लाग्नु पर्ने बताउदै विशेषगरि युवाहरुलाई यस्ता सांस्कृतिको धरोहर झल्किने कार्यक्रम हरमा युवाहरुलाई सहभागि गराउनु पर्ने बताउनुभयो ।

सोही कार्यक्रममा अतिथिका रुपमा बोल्दै आदिबासी जनजाति महासंघ पश्चिमनवलपरासीकाजिल्लाअध्यक्ष देवराज चौधरीले आदिबासी जनजातिका लागि गठन भएका विभिन्न आयोगहरुले सक्रियतापुर्वक कामगर्नु आग्रहगर्नु भयो । कार्यक्रममा महिला सहकारी संघका अध्यक्ष मिना चौधरी,रेडियो दाउन्ने का अध्यक्ष नारायण पाण्डे, सरावल १ का वडाध्यक्ष भेष नारायण चौधरी लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्लाका महिला तथा किशोरीहरुको समुहको सहभागिता रहेको थियो भने जिल्लाभित्रका बिभिन्न भलिबल टिमहरुको समेत सहभागिता रहेको थियो ।पर्वको अवसर पारी गतअसोज ३ गतेदेखि भलिबल प्रतियोगिता समेत संचालन भइरहेको आयोजक सस्ंथाका अध्यक्षय अनित चौधरीले जानकारी दिनु भयोे । मेलाव्यवस्थापन समिती सदस्य नरदेवीचौधरीको स्वागतमन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समितीका सदस्यईन्द्र प्रसादचौधरी र चेत नारायण चौधरीले गर्नु भएको थियो ।