भोजपुरमा जडिबुटी उत्पादनमा स्थानीय आकर्षित

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
41 Shares


भोजपुर – भोजपुरमा जडिबुटी उत्पादनमा स्थानीय आकर्षित बनेका छन् । उपचारको पहिलो प्राथमिकतामा जडिबुटी पर्न थालेपछि स्थानीय किसान उत्साहित बनेका हुन् । कम लगानीमा राम्रो आम्दानी हुने गरेको उनीहरूको भनाइ छ ।भोजपुरको षडान्द नगरपालिकाका स्थानीय जडिबुटी खेतिमा होम्मिएका छन् । कम लगानीमा राम्रो आम्दानी हुने गरेको किसानहरुको भनाइ छ । जिल्लालाई जडिबुटीको केन्द्र बनाउने उद्देश्यले स्थानीय सरकारले अनुदान समेत दिन थालेको छ । यसबाट वैदेशिक रोजगारीमा जान चहाने युवालाई समेत आकर्षित बनाउने विश्वास लिइएको छ । जडिबुटी खेतीबाट बार्षिक १२ लाखसम्म आम्दानी गर्ने गरेको किसानहरु बताउँछन् ।भोजपुरमा जडिबुटी नर्सरी समेत सञ्चालन भएका छन् ।

नर्सरीहरुमा सतुवा, चिराईतो, पाखानवेत लोड सल्ला लगायतको जडिबुटीको उत्पादन हुने गरेको छ ।बहुसरोकारवाला वन परियोजना कार्यक्रम अन्र्तगत जडीबुटी नर्सरीका लागि सेर्पालाई सामुहिक अभियान भोजपुरसंगै डिभिजन वन कार्यालयले सहयोग गरेको छ । स्थानीयको मागको आधारमा जिल्लाकै नमुना जडीबुटी नर्सरी बनाउने उद्देश्यले प्राविधिक तथा आर्थिक सहयोग गरेको कार्यालयले जनाएको छ ।, उचाई र हावापानीका आधारमा कस्तो खालको बाली उपयुक्त हुन्छ भन्दै माटो परीक्षण भइरहेको स्थानीय सरकारले जनाएको छ । किसानहरुका आवश्यक्ताका आधारमा मल, विउ वितरण गरिएको र कृषि क्षेत्रको विकासका लागि गुरुयोजना अगाडि सारिएको जनाएको छ। जडिबुटी खेतीमा युवाहरु पनि आकर्षित भएका छन् । जसका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या समेत घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस