महेन्द्रनगरमा लगाईएको कर्फ्यु अझै जारी

प्रकाशित मिति:

महेन्द्रनगरमा गएराति आठ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु अझै जारी गरेको छ ।
हिजो स्थानीय बासिन्दाको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका, भगतपुरका १४ वर्षका सन्नी खुनाको मृत्यु भएको थियो । चेतन भट्टको खुट्टामा गोली लागी घाइते भएका छन् । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले रातिदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

यसैबीच, कञ्चनपुरका प्रमखु जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । कन्चनपुर उल्टाखामकी बालिकाको बलात्कारपछि हत्या भएको घटनामा नक्कली अभियुक्त खडा गरिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै आएका छन् ।