चिनियाँ कम्युनष्टि पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच अन्तरक्रिया

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
47 Shares


काठमाडौं – चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणले नेपाली राजनीति तंरगित बनेको छ । भ्रमणको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच वैचारिक अन्तरक्रिया सुरु भएको छ । यो संयोग मात्र हो या योजनावद्ध समयक्रमले प्रष्ट्याउला । अन्तरक्रियालाई कांग्रेसले कडा टिप्पणी गरेको छ । तर, नेकपाले स्वभाविक भएको प्रतिक्रिया दिएको छ ।सोमबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको अन्तरक्रिया वैचारिक भएको बताइएको छ । दुई दिने अन्तरक्रिया कम्युनिष्ट विचारधारा, अनुशासन, सांगठनिक अवधारणा जस्ता विषयहरु केन्द्रित रहने नेकपाले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना भएकोे कार्यक्रममा भाग लिन ४० जना काठमाडौं आइसकेका छन् । अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ पनि सोमबार काठमाडौं आइपुगेका छन् ।नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सैद्धान्तिक अवधारणा र यसको विकासक्रमबारे आफ्नो धारणा राख्नेछन् ।

चिनियाँ पक्षबाट प्रस्तुत हुने तीनवटा कार्यपत्र राष्ट्रपति तथा पार्टी महासचिव सी जिनफिङले अघि सारेका महत्वाकांक्षी विकास अवधारणा र पार्टीको सैद्धान्तिक अवधारणाबारे हुनेछन् । यो अन्तरक्रियाले दुबै देशका कम्युनिस्ट पार्टीबीच रहेका समानता र भिन्नताबारे कार्यकर्तालाई प्रस्ट हुने अवसर मिल्ने नेकपा विदेश विभागले बताएको छ । उसले यो स्वभाविक भएको प्रष्ट्याएको छ ।दुई कम्युनिष्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना पनि रहेको नेकपाले बताएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव निर्वाचित भएपछि चिनियाँ राष्ट्रपति सीले इतिहासकै सबैभन्दा महत्वाकांक्षी विकासको अन्तर्राष्ट्रिय योजना अगाडि सारे जसले पुरानो रेशममार्ग अर्थात ‘सिल्क रोड’लार्ई दुई हजार वर्षपछि नयाँरुपमा ब्युँताएको छ । सि विचार र नीतिले विकसित चीनको उदयसँगै नयाँ विश्व व्यवस्थाको ढोका खोल्ने दाबीहरु छन् । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन बन्न खोजेको आरोप लगाएको छ ।तर, एउटै विचारधारा बोकेको र कम्युनिष्ट सरकारको रुपमा चनिएको नेपाल र चीनबीचको अन्तरक्रियाले मुलुक नभई पार्टीभित्रको सम्बन्धलाई सुदृढ पार्ने स्वयं नेकपाका नेता बताइरहेका छन् । यो अन्तरक्रियाले सि विचार भन्दा पनि बढी नेकपाले आजको दिनमा सरकार र पार्टी सञ्चालनको मोडालिटी तय गर्न पक्कै सहज भूमिका निर्वाह गर्नेछ । तर, नेपालको व्यवस्था, संवैधानिक प्रावधानलाई नजरअन्दाज गर्न नमिल्ने तर्कहरु पनि बलिया छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप