भारतमा भेटिए टाउकोमा सिङ भएका व्यक्ति

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
21 Shares


एजेन्सी –विश्वमा धेरै अजिब मानिसहरु छन् । तीमध्ये भारतको मध्यप्रदेशमा टाउकोमा सिङ पलाएको मानिस भेटिएको छ ।भारतको मध्यप्रदेशमा ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलायो । तर, हालै शल्यक्रिया गरी त्यो सिङ काटिएको छ । केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको टाउकोबाट सिङ उम्रिएको र त्यो बढ्दै गएको श्यामलालले बताउँछन् ।

उनले टाउकोमा पलाएको सिङ सानो छँदै धेरै पटक काटे तर त्यो पुनः पलाइरह्यो । उनले डाक्टर कहाँ गएर पनि देखाए तर त्यसको शल्यक्रिया गर्न धेरै रकम लाग्ने बताएपछि उनी पछि हटे ।अन्ततः स्थानीय एक अस्पतालमा उनको हालै शल्यक्रिया भयो र डाक्टरहरुले उनको टाउकोबाट सिङ काटेर फ्याँकिदिए । सेबासियस हर्न नामक दुर्लभ रोगका कारण उनको टाउकोमा सिङ पलाएको चिकित्सकहरुको भनाई छ । शल्यक्रिया पश्चात अहिले उनी सिङमुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया