ट्रक र कार ठोक्किएर दुर्घटना : ५ जनाको मृत्यु

प्रकाशित मिति:

नवलपरासी- नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । ट्रक र कार ठोक्किँदा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।

कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको थियो । अस्पतालले घाइते भएर लगिएका सबैलाई मृत घोषणा गरेको थियो ।