नेमकिपाको अध्यक्षमा पुनः विजुक्छें चयन

प्रकाशित मिति:

काठमाडौँ –नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन ।बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीनेमकिपाको सातौं मय सदस्य रहेका छन् ।सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेलाई चयन गरेका हुन् ।-

केन्द्रीय समितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, नवराज कोइराला, डिल्लीप्रसाद काफ्ले केन्द्रीय समितिमा दोहोरिएका छन् । सरोजराज गोसाइँ, हरिसुन्दर बासी, अनुराधा थापामगर, कमलमाया सुवाल, नन्दबहादुर शाही, उकेस कवाँ, सनकमान महर्जन, जग्यबहादुर शाहीले पनि निरन्तरता पाएका छन् ।महाधिवेशनले प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजूलाई केन्द्रीय समितिमा ल्याएको छ । समितिमा नरमाया गुरुङ्ग, बजिर सिंह, खगेन्द्र वैद्य र सरोज शाह पनि चुनिएका छन् । पार्टी महाधिवेशनले मुक्ति यादव र कृष्ण तामाङ्गलाई केन्द्रीय वैकल्पिक सदस्य बनाएको छ ।गत असोज ३ गते शुक्रबारदेखि शुरु भएको नेमकिपाको महाधिवेशन सोमबार समापन भएको हो ।