कार्टुन उद्योगमा आगलागी

७ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया

File

चितवन । चितवनको भरतपुर महानगरपालिका ४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ ।नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो ।मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन्।आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएको आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया