झरना स्पोर्ट्स क्लबमा पुनः लोक पुन , ३२ औ झरना रनिङ्ग शिल्ड गर्दै

९ भाद्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
18 Shares


झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुञ्जलापुरको ५८ औ साधारण सभा तथा २९ औ अधिबेशन सम्पन्न भएको छ । कुञ्जलापुर स्थित मगर भवनमा सम्पन्न सो साधारण सभा तथा अधिबेशनले पुनः लोक पुनकै अध्यक्षतामा निर्बिरोध नया समिति चयन गरेको छ ।
क्लबका अध्यक्ष लोक पुनको अध्यक्षता तथा तिलोत्तमा वार्ड न ६ का अध्यक्ष सुखदेव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा वार्ड न ६ मा स्थायी बसोबास गर्ने ७ जना वृद्दबृद्दाहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सो साधारण सभामा बोल्दै रिभर साइड युथ क्लबका अध्यक्ष नर बहादुर छन्तेलले कल्बले गरेको सामाजिक कार्य र खेलकुदको क्षेत्रमा गरेको उल्लेखनिय कार्यको प्रशंशा गर्नुभएको छ ।
त्यस्तै सोहि कार्यक्रममा बोल्दै समाजसेवी लोक बहादुर गुरुङले खेलकुदमा फुटबल मात्रै हैन अन्य खेलहरुमा समेत ध्यान पुर्याउन आग्रह गर्दै समाजमा झरना स्पोर्ट्सको कार्य उल्लेखनिय रहेको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरिक्षक युवराज पाण्डेले फुटबलको इतिहासमा झरना स्पोर्ट्स क्लबको कार्य उत्साहजनक रहेको र प्रहरीसंग हरेक सामाजिक कार्यमा पारिवारिक सम्बन्ध र साथीको भूमिकामा रहेको साधारण सभामा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वार्ड न ६ का अध्यक्ष सुखदेव न्यौपानेले क्लबले बचाएको वार्डको साख र उत्साहजनक कार्यको मुक्तकंठाले प्रशंशा गर्नुभएको छ । उहाले आफु झरना स्पोर्ट्स कल्बको भक्त भएकोले युवाहरुले गरेको नगरपालिकाको हरेक अभियानमा सहभागिताको तारिफ गर्नुभएको थियो क्लबले गरेको कार्यमा नगरपालिकाको तपÞर्mबाट हुने सम्पूर्ण सहयोग गर्न आफु तत्पर रहेको भन्दै उहाले युवाहरुलाई शसक्तिकरण गर्न क्लबले ठुलो भूमिका खेलेको बताउनुभयो ।
साधारण सभाको अवसरमा क्लबले विदेश रहेर पनि सहयोग गर्ने युवा महेन्द्र शाहीलाइ सम्मान गरेको छ । आफ्नो बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष लोक पुनले युवाहरुको सहभागितामा समाजका हरेक गतिबिधि सम्पन्न गर्न सहयोग गर्ने समाजसेवी , संचार सस्था , पत्रकार एबम जनप्रतिनिधि तथा बिदेशमा रहेर पनि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै अब लगत्तै शुरु हुन लागेको ३२ औ झरना रनिङ्ग शिल्ड प्रतियोगिताको लागि तयारि भैरहेको र सहयोगका निम्ति सबैमा आग्रह समेत गर्नुभयो । उहाले अबको सो प्रतियोगितालाई अत्याधुनिक प्रबिधियुक्त खेलको अभ्यास गरिने बताउनुभयो ।
क्लबको अधिबेशनमा १५ लाख १६ हजार बराबरको आयव्यय प्रस्तुत गर्दै क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलले सबैको सहयोगमा क्लबले केहि आर्थिक कोष स्थापना गर्न सफल भएकोमा धन्यबाद समेत दिनुभयो । अधिबेशनले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ भने ७ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा अध्यक्षमा पुनः लोक पुन , उपाध्यक्ष गङ्गा प्रसाद राना , सचिब मोहन राना , सह सचिबमा सन्तोष पौडेल , र कोशाध्यक्षमा धनेन्द्र पौडेल निर्बिरोध निर्बा्चित भएका हुनुभएको छ । बि.स. २०३३ सालमा स्थापना भएको झरना स्पोर्ट्स क्लबले समाजमा विभिन्न रक्तदान , बिद्यालय सहयोग , स्वास्थ्य सस्थामा सहयोग , वृक्षारोपण, जेष्ठ नागरिक सम्मान , खेलकुद लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया