निर्मलाका लागी न्यान माग्दै नागरीक समाज सडकमा

प्रकाशित मिति:

काठमाडौं । निर्मलाका लागि न्याय भन्दै नागरिक समाजले शनिवार १२ बजे माईतीघर मण्डलमा प्रदर्शन गरेको छ। निमर्लाको लागि न्याय माग्दै अधिकारकर्मी माइतीघर मण्डलाबाट बानेश्वर चोक पुगेका छन् ।

शान्तीपूर्ण र्‍यालीमा विभिन्न राजनीतिक दलका व्यक्ति अधिकारकर्मी, चिकित्सक, अवकास प्राप्त कर्मचारी  विद्यार्थी  संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ ।

सहभागीले न्याय सम्बन्धि बिभिन्न पम्प्लेट प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा कलाकारहरुले सडकमा बलात्कार सम्बन्धि विभिन्न नाटक समेत प्रस्तुत गरेका छन्।

काँग्रेस नेता गगन थापाले आफू आफ्ना छोरीहरुका लागि माइतीघर मण्डला जाने बताएका थिए। उनी आफू काँग्रेस बनेर नभइ दुई छोरीको पिता भएका आधारमा माइतीघरमा निर्मलाकव न्यायको लागि आउने बताएका थिए।

प्रदर्शनमा उल्लेख्य नागरिकहरुको सहभागिता रहेको छ।

देशव्यापी रुपमा जनमानसमा आक्रोश बढ्दै जाँदा सरकार पनि दोषीलाई ढीलै भएपनि कार्वाहीको दायरामा ल्याउन गृहकार्यमा जुटेको छ।