पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

प्रकाशित मिति:

धादिङ । निरन्तरको वर्षा पछि आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार देखि झरेको पहिरो आज बिहान सम्म पनि नरोकिंदा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । धादिङको गल्छी गाउँपालिका –७ को उकालो मोडमा पहिरो झरेपछि यातायात ठप्प भएको हो । पहिरोका कारण शुक्रबार बिहान पनि करीब ४ घण्टा सडक जाम भएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीको लामो लाइन लागेको छ । अवरुद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण दुबै तर्फ सवारी साधनहरु विभिन्न स्थानमा रोकिएकाले सडक डिभिजन कार्यालयका २ वटा डोजर प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरीका ईन्चार्ज हेमराज घिमिरेले बताउनुभयो ।