एनआरएनए महाधिवेशनका लागि बिभिन्न पदका यि हुन उमेद्वारहरु

प्रकाशित मिति:

बिश्वबन्धु भण्डारी/काठमाण्डौ – आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाण्डौमा हुने गैरआवासिय नेपाल संघ अन्तराष्ट्रीय समन्यय परिषद को नवौ महाधिवेशन तथा बिश्व सम्मेलनको चर्चाले सामाजिक सञ्जाल भरिएका छन् । आकांक्षीहरुले बिभीन्न माध्यमवाट उम्मेदवारी दिने घोषणा गरिरहेका छन् भने उनिहरुका समर्थकहरुले जीतका लागी शुभकामना सहित प्रचार प्रसार पनि गरिरहेका छन् । अध्यक्ष पदका लागी हालसम्म दुई जनाले मात्रै उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरिसकेका छन् । वर्तमान उपाध्यक्ष तथा जर्मनमा रहेर लामो समयदेखि व्यवसाय गर्दै एनआरएनए अभियानमा लागेका कुमार पन्तले काठमाण्डौमै पत्रकार सम्मेलन गरी औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरे भने अर्का अध्यक्षका आकांक्षी वर्तमान उपाध्यक्ष वेलायत रहेर व्यवसाय सगै एनआरएनएको स्थापना देखीनै सक्रिय कुल आचार्य पनि वेलायतमै पत्रकार सम्मेलन गरी औपचारीक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका दुई आकांक्षीहरु बिभीन्न देशमा भईरहेको राष्ट्रिय समन्यय परिषदको अधिवेशनमा पुगेर आफ्नो पक्षमा मत ल्याउनका लागी अहिले देश दौडाहामा छन् । पन्त दोस्रो पटक उपाध्यक्ष भईसकेका छन् अघिल्लो महाधिवेशनमापनि अध्यक्षका आकांक्षी रहेका पन्तले बर्तमान अध्यक्ष भवन भट्टलाई सहयोग गरि आफु पछि हटेका थिए, यसपाली भवन भट्टले उनलाई सहयोग गर्छन कि भन्ने अनुमान भएपनि सहमती भए फेरि आफै अध्यक्ष बन्ने दाउमा भट्ट रहेको उनि निकटकाले वताउने गरेका छन् । यता आचार्य भने एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको र स्थापना कालदेखिनै एनआरएनए अभियानमा निरन्तर लागीपरेकाले यसपाली जसरी पनि अध्यक्ष बन्नुपर्ने दाउमा देखिन्छन् । बामपन्थी बिचारमा झुकाव राख्ने पन्तलाई वामपन्थीहरुले व्यापक प्रचार प्रसार गरिरहेका छन् भने प्रजातान्तिक बिचारधाराका आचार्यलाई कांग्रेसीहरुले आफ्नो पक्षको उम्मेदवार भन्दै सामाजिक सञ्जाल तथा बिभीन्न मिडीयाहरुमा प्रचार प्रसार गरिरहेका छन् ।
४ जना खु्ल्ला उपाध्यक्षका लागी अहिलेसम्म ११ जनाले आकाक्षा देखाएका छन् , किरणविक्रम थापा (जापान) नरेन्द्र भाट (क़तार),रविना थापा (अमेरिका), सोनाम लामा (अमेरिका), डा.बद्रि के सी (रुस), मन क्षेत्री (अष्ट्रेलिया), धर्मराज अधिकारी (अष्ट्रेलिया), थर्क सेन (वेलायत), हिक्मत थापा (नाइजेरिया), त्रिलोक कमेरा (हङकङ), र अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने एक महिला उपाध्यक्षका लागी अष्ट्रेलियाकी रन्जु वाग्ले थापाले मात्रै उम्मेदवारी दिने घोषणा गरेकी छिन् , बिधानमा उल्लेख भएअनुसार एक जना महासचिवका लागी ४ जना आकांक्षी देखिएका छन्, वर्तमान सचिव द्दय वेल्जियमकी जानकी गुरुङ र मध्यपूर्ववाट डिवी क्षेत्री सहित अमेरिकाका अध्यक्ष डा केशव पौडेल र डा हेमराज शर्मा (वेलायत)ले पनि आकांक्षा देखाएका छन् ।

यसैगरी दुई जना सचिवका लागी गौरी जोशी अमेरिका, आरके शर्मा ओमन, अभिमान सिंह बस्नेत अष्ट्रेलिया विनय अधिकारी वेलायत, कृष्ण गिरी अष्ट्रेलिया, दिपक प्र ओली ईजरायल, र शिवकुमार बरुवाल बेल्जियमले उम्मेदवारी घोषणा गरी प्रचार प्रसारमा लागिसकेका छन् । एक जनाको कोषाध्यक्षमा जापानवाट युवा व्यवसायीहरु महेश स्रेष्ठ र सुदन थापा चुनावी दौडमा छन् भने अष्ट्रेलियावाट सोम सापकोटा पनि कोषाध्यक्षका आकांक्षी हुन् । सहकोषाध्यक्षका लागी एसी शेर्पा अमेरिका , गोविन्द गौतम रुस र लोक दाहाल वेल्जियम चुनावी दौडमा देखिएका छन् ।

महिला संयोजकमा संगिता मरहठ्ठा वेलायत, जुनु गुरुङ कोरिया, प्रमिला बस्नेत क्यानडा छन् भने युवा संयोजकमा हिमाल गुरुङ नेदरल्याण्ड,यानेन्द्र कुमार घर्ति पोर्चुगल,स्वतन्त्र प्रताप शाह अष्ट्रेलिया, सुदिप कार्की युएईले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । संसारभर ८० राष्ट्रहरुमा एनआरएनए को संगठन विस्तार भईसकेको छ भने ६ क्षेत्रिय समितीहरु पनि छन् । क्षेत्रीय समितीका बिभीन्न पदहरुमा निम्नलिखित व्याक्तिहरुले उम्मेदवारी घोषणा गरेको जानकारी प्राप्त भएको छ
एसिया प्यासिफिक

संयोजक : जापानवाट पारसमणी पोख्रेल, रोविन्द श्रेष्ठ (गोविन्द) र अजिव गुरुङ (ओम)
सहसंयोजक : कपिलदेव थापा(जापान)दटंक गैरे(जापान) विनोद कुवरँ (कोरिया र खगेन्द्र न्यौपाने(मलेसिया)
युरोप क्षेत्र

संयोजक : नारायण आचार्य (नेदरल्याण्ड), एकराज गिरी (स्पेन), पुर्ण हमाल (पोर्चुगल) गंगाधर गौतम (वेल्जियम), पदम गुरुङ (वेल्जियम) प्रेम गुरुङ (बेल्जियम) र सन्तोषकुमार भट्टराई (जर्मनी)
सहसंयोजक : शुक्र न्यौपाने (आयरल्याण्ड) ,शम्भु गौतम (पोर्चुगल) र सुरेन्द्र प्रधान(जर्मनी)
महिला संयोजक : बर्षा खड्का(नेदरल्याण्ड)
मध्यपूर्व

संयोजक : मनोज कुमार श्रेष्ठ र प्रवीण गुरुङ,
उपसंयोजक : राजेन्द्र अर्याल,
मध्यपूर्व युवा उपसंयोजक : वालकृष्ण मरासिनी
अमेरिका

संयोजक : डा बिनोद शाह र नविन शेरचन
उपसंयोजक : डिल्ली भट्टराई, अभिमन्यू बस्नेत, दिल श्रेष्ठ, बेद राज बस्नेत
महिला संयोजक : उमा कार्की थापा