गाँजा तस्करलाई पक्राउ प्रहरीले गोली चलायाे

७ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
19 Shares


हेटौँडा – गाँजा तस्करलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली चलाएको छ । पर्साको वीरगन्ज महानगरपालिका २९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई प्रहरीले चोल चलाएर पक्राउ गरेको हो । सोमबार राति इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक पनि सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले फेला पारेको हो । ट्रकमा ७८ किलो गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तस्करले चेकजाँचको क्रममा ट्रक नरोकेपछि प्रहरीले सो भ्यानको पिछा गरेका थियो । दोस्रो राउण्डको गोली चालक चौधरीलाई लागेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । गोली चलेपछि चौधरीसँगै रहेका अर्का व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा