११ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याएको एभरेष्टको दावी

प्रकाशित मिति:

झविन्द्र देवकोटा- बुटवल/ बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । कक्षा ११ को परीक्षामा सहभागि भएका विद्यार्थी भुवन भण्डारीले ३ दशमलव ९३ जिपिए अंक ल्याएको र त्यो अंक मुलुकभरीकै उत्कृष्ठ भएको विद्यालयले दावी गरेको हो । विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपानेले संचारकर्मीसँग कुरागर्दै विद्यार्थी भुवन भण्डारीले ल्याएको अंक अन्य विद्यालयले नल्याएको दावी गरे ।

भण्डारी जस्तै एभरेष्टकै अर्का विद्यार्थी बिवेक सापकोटाले पनि ३ दशमलव ९२ जिपीए अंक ल्याएको र त्यो पनि उत्कृष्ठ अंक नै भएको प्रिन्सिपल न्यौपानेको भनाई छ । कक्षा ११ मा विज्ञान र ब्यवस्थापन विषयमा ३ सय ४२ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा ३२ जनाले ए प्लस, ९० जनाले ए, १ सय १५ जनाले बी प्लस, ७८ जनाले बि र २७ जनाले सी प्लस ग्रेड अंक ल्याएको विद्यालयले जनाएको छ ।