विद्यार्थीहरु बिरामी पर्न थालेपछि अनिश्चितकालको लागि विद्यालय बन्द

७ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
60 Shares


पाल्पा – पाल्पा निस्दीको एक विद्यालयमा विद्यार्थीहरुलाई अत्याधिक ज्वरो आइ धेरै विद्यार्थीहरु बिरामी पर्न थालेपछी विद्यालय अनिश्चित समयको लागी बन्द गरिएकको छ ।निस्दी गाउँपालिका ६ अर्चलको गोरखनाथ माध्यमिक विद्यालयका धेरैजसो विद्यार्थीहरु अधिक ज्वरोका कारण विद्यालय आउन छाडेपछी विद्यालय व्यवस्थापन समितिको बैठकले केही समयको लागी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।दैनिक ४५ देखि ५५ जना ज्वरोका कारण अनुपस्थित हुन थालेपछी विद्यालय बन्द गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सोमैले बताएका छन् । प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालका अनुसार ९ जना शिक्षकहरु समेत अत्याधिक ज्वरोले प्रभावित भएको खुलाएका छन् ।

अत्याधिक ज्वरोको समस्या धेरैमा देखिन थालेपछी विद्यालयले आज स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा निस्दीको गोरखनाथ माध्यमिक विद्यालयका ५३ जना , १३ जना सिन्दुर आधारभूत विद्यालयका विद्यार्थीहरुले जाँच गरी औषधी लिएका छन् ।स्वास्थ्य परिक्षणमा संलग्न अर्चले स्वास्थ्य चौकीका अहेव सिकेन्द्र महतोले अचानक ज्वरो आउने, ५÷७ दिन सम्म लगातार ज्वरो आउने, हाडजोर्नी, मांसपेशी दुख्ने र खोकी लाग्ने लक्षण भएका विरामीहरु धेरै भेटिएको जानकारी दिएका छन् ।धेरैमा भाईरल ज्वरोको लक्षण भएकाले समस्या देखिने वित्तिकै तुरुन्त स्वास्थ परिक्षण गर्न, उमालेको पानी पिउन र लामखुट्टेबाट बँच्न समेत महतोले अनुरोध गरेका छन् ।निउज२४

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…