बन बिज्ञानका बिधार्थीहरुद्धारा रुद्रपुर सामुदायिक बनको अध्ययन

प्रकाशित मिति:

कञ्चन-त्रिभुवन बिश्वबिधालय बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पस, स्नातक तह तेश्रो बर्षका बिधार्थीहरुद्धारा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिबेदन एक कार्यक्रम बिच सार्बजनिक गरेका छन ।गत भदौ २९ गते देखि रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरे र लुम्बिनी साझेदारी बन ब्यबस्थापन समूहको करिब ४४५ हेक्टर बन क्षेत्रफलमा बनको भौगोलिक अवस्था,जैबिक बिबिधता,बोट बिरुवा र रुखहरुको अवस्था बारे एक हप्ता सम्म गरिएको अध्ययन सम्बन्धी प्रतिबेदन रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरेको सभाहलमा प्रस्तुत गरेका हुन ।

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरे र लुम्बिनी साझेदारी बन ब्यबस्थापन समूहको बन क्षेत्रफल गरी दुई छुट्टाछुट्टै स्थानहरुमा गरिएको अध्ययनको क्रममा देखिएको बनको अवस्था र बनमा गर्न सकिने बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययन अनुभव सहितको प्रारम्भिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरे,रुपन्देहीको करिब ४४५ हेक्टरमा रहेको बन क्षेत्रलाई ८ वटा ब्लक बनाई गरिएको अध्ययनमा ८ बर्षे कार्ययोजना बनाई बैज्ञानिक ब्यबस्थापन गर्दा दिगो हुने र उभपोक्ता मुखि योजना समेत हुने प्रारम्भिक सुझाव प्रस्तुत गरेका छन ।

बिधार्थीहरुद्धारा प्रस्तुत प्रतिबेदनमा माथि आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिधार्थीहरुको सुक्ष्म अध्ययनले रुद्रपुर सामुदायिक बनको दिगो बिकास र बैज्ञानिक बन ब्यबस्थापनको लागि उपलब्धी मुलक हुने बताउनु भएको छ । यसैगरी कञ्चन सब डिभिजन बन कार्यलय रुद्रपुरका सहयाक बन अधिकृत धनिश्वर न्यौपानेले बिधार्थीहरुको बिषयगत अध्ययनले बिधार्थीहरुको ज्ञानमा बृद्धि हुनुको साथै सम्बन्धित क्षेत्रमा गई गरिने अध्ययनले किताबी ज्ञानलाई अझ फराकिलो बनाउने बताउनु भएको छ।यसैगरी बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययनले अध्ययन स्थलका सामुदायिक बनहरुका लागि अझ महत्वपुर्ण हुने बताउदै भाबि समयका लागि ब्यबस्थित कार्ययोजना निर्माण गर्न सहयोग गर्ने बताउनु भएको छ।

सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष दिनानाथ आचार्यले बैज्ञानिक ब्यबस्थापनको नाममा उपभोक्ताहरुको अधिकारलाई कुण्ठित गर्ने गरी गरिने बैज्ञानिक बन ब्यबस्थापन स्विकार्य नहुने र आफैले संरक्षण गरी हुर्काएको बनको उपयोग सहज ढंगले गर्न पाउनु पर्ने महासंघले माग राख्दै आइरहेको बताउनु भएको छ। यसैगरी बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पसका बिधार्थीहरुको अध्ययन टोलीका टोली प्रमुख तथा बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पसका उप प्राध्यापक निरु थापाले अध्ययन टोलीलाई अध्ययन स्थल उपलब्ध गराई हार्दिकताका साथ सुरक्षित आवास सहित सहयोग गरेकोमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन—४,गरगरे,रुपन्देही र समूहका सम्पुर्ण पधाधिकारी अनि बुद्धिजिवस्हरुलाई धन्यबाद दिनु भएको थियो ।समूका अध्यक्ष नाम बहादुर के.सीको अध्यक्षता तथा कार्यलय सचिव तुलसी प्रसाद अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा समूका पदाधिकारी,परिषद सदस्य,पुर्व अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।