ढोरपाटन छेन्तुङमा २ सय ८५ मिटर लामो पुल बन्ने

प्रकाशित मिति:

कौरव खत्री-बागलुङ/बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानमा झोलुङ्गे पुलको सर्व डिजाईन सम्पन्न भएको छ ।जिल्लाको ढोरपाटन नगरपालिका वडा नंं.९ को पर्यटकीय स्थल ढोरपाटन स्थित छेन्तुङ गुम्बा नजिकै उत्तरगंगा नदीमा २ सय ८५ मिटर लामो झोलुङ्ग पुल बन्ने गरी सर्वे भइसकेको स्थानीय कल्याण कायतले बताए ।विगत देखि नै पुलको अभावमा नदी पार गर्न बाध्य भएका स्थानीयलाई पुल नभएकै कारण धेरै जनाले बर्षातको समयमा नदी तरेर वारपार गर्दा ज्यान गुमाउन बाध्य भएका थिए ।हाल पुल सर्वे भएको छ यसले गर्दा पुल बन्ने संकेत देखिएपछी स्थानीयहरुमा खुशीयाली छाएको छ ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरको पहलमा पुल सर्वे भएको कायतले बताए ।साथै पुल चाँडै बन्नु प¥यो स्थानीयलाई निकै शास्ती भइरहेको छ । उनले बताए ।उक्त पुल छेन्तुङ गुम्बादेखि सापमार्ग उत्तरगंगा नदीसम्म जोड्ने गरी सर्वे भएको ढोरपाटन नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जिवन पुनले बताए ।उक्त पुल निर्माण भएमा अधिकारीचौर,बोवाङ र म्याग्दि सम्मका जनतालाई सहजता हुने भएको हो ।पुल नहुदा पशुचौपाया र स्थानीयलाई शास्ती निकै भइरहेको वडा सदस्य गोपाल बिकको भनाई छ ।

त्यस्तै ढोरपाटन नगरपालिका वडा नं.६ र वडा नं.७ जोड्ने गरी फुलबारी दोगाडी घाट भुजिखोलामा १ सय,३० मिटर लामो झोलुङ्गे पुलको सर्वे डिजाइन भएको इन्जिनियर लिखित काफ््लेले बताए ।उक्त पुल निर्माण भएमा बोबाङ,ओखरेनी,गादिखोला,खानी,चामिद्धार , घैयाखेत लगाएतका बासिन्दालाई सहजता हुने स्थानीय चन्द्र बुढाले बताए ।उता नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर कै पहलमा तमानखोला गाउँपालिका वडा नं.४को लाम्बेला स्थित अन्चबेसि देखि दमाइखर्क जोड्ने गरी १सय, २५ मिटर लामो झोलुङ्गे पुलको सर्वे डिजाइन सकिएको स्थानीयले बताएका छन् ।नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले भने आफुले दुर दराजमा रहेका जनताका समस्यालाई मध्यनजर राख्दै अति विकासको आवश्यकता अन्र्तगत पर्ने झोलुङ्गे पुलको निम्ति सम्बन्धित निकायमा पुगेर पहल गरेका कारण सर्वे डिजाईन भइसकेको र चाँडै पुल निर्माण हुने कुँवरले बताए ।कुँवरका अनुसार आफुले विगतमा पनि विभिन्न स्थानमा झोलुङ्ग पुल निर्माणका निम्ति पुल माग गरेकोमा केहि निर्माण भइसकेको र केहि निर्माण चरणमा रहेको बताए ।