धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु

प्रकाशित मिति:

जनकपुर – धनुषामा होटल सञ्चालकसहित तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका– ७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलका सञ्चालसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एक जना महिला कामदार रहेको धनुषा प्रहरीले जनाएको छ ।

विहान अवेरसम्म होटलको ढोका नखुलेपछि होटल सञ्चालक शिवकुमार महतोकी आमा होटलको ढोका खोल्न गएकी थिइन् । ढोका खोल्दा तीनै जना मृत अवस्थामा भुइमा ढलेको देखेपछि उनले स्थानीयलाई गुहारेकी थिइन् । स्थानीयले प्रहरीमा खबर गरेसँगै प्रहरी घटनास्थल पुगेको थियो ।

तीनै जनाको शव फ्रिज नजिकै भुइमा फेला परेको थियो । प्रहरीले फ्रिजबाट करेन्ट सर्ट हुँदा उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमाग गरेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक(डीएसपी) रामेश्वर कार्कीका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको उनले जानकारी दिए ।