ॐ वास्तुशास्त्र अनुसार पुजा गर्ने कोठामा पितृको फोटो राख्नु हुन्छ या हुदैन ? यस्तो छ धार्मिक वैचारिक नियम

प्रकाशित मिति:

हिन्दू धर्मले जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु पर्छ भने मान्यता राख्दछ । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मका ण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दू धर्मले महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हामीहरुले छुटा छुट्टै पूजाकोठा बनाउने गर्छौ । तर केही अबुझ मानिसहरूले देवताका साथसाथै आफ्ना पितृहरूको तस्वीर पनि पूजाकोठामा राख्ने गर्छन । तर, वास्तुशास्त्रले पूवाकोठामा पितृहरूको तस्वीर झुण्ड्याउनु हुँदैन भन्छ । यसो गर्नाले परिवारमा क लह पैदा हुन्छ ।

हिन्दू धर्मअनुसार मानिसको मृ त्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । अनि आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले त प्राण गए पछि शरीरलाई जलाइन्छ । अब भगवान् सँगै राखेर मृ त व्यक्तिलाई पूजा गर्नु त भगवानकै नि न्दा हो किनकि भगवानको त जन्म र मृ त्यु हुँदैन।

वास्तुको अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्ने गर्नु पर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै दिशामा नै हुनुपर्छ । मृ त पितृहरुको तस्वीर चाहिँ अर्कै कोठाको दक्षिण पश्चिमतिर राख्नुपर्छ । वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्नका साथै आर्थिक सं कटले पिरोल्न थाल्दछ ।