पश्चिम नवलपरासीको बर्दघाट १४ मा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित मिति:

नवलपरासी-आउदै गरेको विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारि पश्चिम नवलपरासीको बर्दघाट ७ जिमरेभारमा अवस्थित त्रिनेत्र युवा क्लबको आयोजना तथा बर्दघाट नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा खुल्ला क्रिकेट प्रतियोगिता एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष सन्तोष पाण्डेको अध्यक्षता तथा बर्दघाट नगरपालिका नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको विशिष्ट आतिथ्यता र वडा नम्बर १४ का वडाध्यक्ष केशव खत्रीको विशेष आतिथ्यतामा बर्दघाट १४ स्थित शुक्र प्राथमिक विद्यालय श्क्रबस्तीको खेल मैदानमा सुरु भएको हो ।

बुधबार असो ८ देखी सुरु भई आगामी १८ गते फुलपातिको दिन सम्म सञ्चालन हुने खेलमा जिल्ला भित्रका १८ क्रिकेट टिमको सहभागिता रहेको आयोजकले बताएको छ । सो प्रतियोगितामा प्रथम हुने टिमलाई ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाणपत्र र द्धितिय हुनेलाई ५ हजार ५ सय ५५ रुपिया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । खेलको उद्घाटनमा बुधबार जय श्री युवा क्लब जहदा र भैरव स्पोर्ट्स क्लब बर्दघाट १० भुतहाबीच खेल सम्पन्न भएको खेलमा भुतहाले ६८ रनमा अलआउट भएपछी १ सय २१ रनले जय श्री युवा क्लब जहदाले स्पोर्ट्स क्लब बर्दघाट १० भुतहा लाई पराजित गरेको छ । बुधबारको खेलमा ३ विकेट लिएका सन्तोष जयसवालमा म्यान अफ द म्याच घोषित भएका छन । उद्घाटनसत्र क्लबका सदस्य शिव शर्मा चापागाईको स्वागत मन्तब्यबाट सुरु भरु भएको कार्यक्रमको ञ्चालन राम प्रसाद सुवेदीले गर्नुभएको थियो ।