प्रहरी हिरासतबाट फरार महतो पञ्जाबमा पक्राउ

९ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
28 Shares


काठमाडौँ –सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादीलाई १६ दिनपछि प्रहरीले भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरेको छ ।लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएका थिए ।

फरार भएका महतोलाई भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।फरार प्रतिवादी महतोको परिवारिक सदस्यको सहयोगमा र भारतीय प्रहरीको समन्वयमा सादा पोशाकको प्रहरीलाई पञ्जाब पठाएर महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । खबरहब बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने