घरेलु मैदानमै हार्‍यो पीएसजी

९ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
17 Shares


एजेन्सी –फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी पराजित भएको छ ।बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २ ० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २ ० को जित दिलाए ।हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया