मापदण्डविपरीत सञ्चालनमा रहेको चामल उद्योगलाई जरिवाना

९ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
23 Shares


बाँके – मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ ।स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डष्ट्रिद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोवार गर्न सात दिनको म्यादसमेत दिएको छ । बाँकेका सहायक प्रमुख अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा गएको टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च र प्रहरीलगायतको सहभागिता थियो ।रासस/osnepal

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा
  • देवकोटा बिधालयद्वारा दैविक कोषमा सहयोग प्रदान
  • नेकपाद्धारा आवश्यक परे स्वयसेवामा खट्न कार्यकर्तालाई निर्देशन