पाकिस्तानी प्रधानमन्त्रीको अर्को घोषाणा : अब नो भिभिआइपी सुबिधाको यात्रा

प्रकाशित मिति:

एजेन्सी
पाकिस्तान /धेरै सरकारी सुबिधा त्यागेर चर्चामा आएका पाकिस्तानका नब निर्वाचित प्रधानमन्त्री इमरान खानले राष्ट्रपति, प्रधानमन्त्री लगायत सरकारी अधिकारीले मनपरी सरकारको कोषको प्रयोगमा रोक लगाएका छन् । उनले सरकारी कोषको प्रयोग गरेर हवाई यात्रामा फस्ट क्लास टिकट प्रयोगमा समेत प्रतिवन्ध लगाएको पाकिस्तानी संचार माध्यमहरुले जनाएकाछन् । संचार माध्यमहरुसँग कुरा गर्दै पाकिस्तानका सुचना मन्त्री फवाद चौधरीले अब देखी राष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधिस, सिनेट प्रमुख, सभामुख, मुख्यमन्त्री, मुख्यमन्त्री लगायत सबै बिजनेस क्लासको टिकटमा यात्रा गर्ने जानकारी दिए । एक प्रश्नमा उनले यस अगाडि पूर्व प्रधानमन्त्री नवाज शरिफले एक बर्षमा ५१ अर्ब रुपैया कोषको प्रयोग गरेको भेटिएको बताए । इमरानले बिदेश यात्रामा बिशेष बिमान र स्वदेश यात्रामा विजनेस क्लासको यात्रा समेत गर्न प्रतिबन्ध लगाएका छन् ।