१४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा ६५ बर्षीया बृद्ध पक्राउ

प्रकाशित मिति:

पूर्व – नवलपरासीको प्रहरीले एक १४ बर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलले जानकारी दिए ।

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।उनका अनुसार ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।