ताेलामै एक हजारले घट्यो सुन

प्रकाशित मिति:

काठमाडौं  – बिहीबार छापावाल सुनको भाउ तोलामा एक हजारले घटेको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।