सडक बालवालिकाको उद्दार

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषदले ४५ जना सडक बालवालिकाको उद्दार गरेको छ । काठमाडौं उपत्यकालाई सडक बालवालिका मुक्त राजधानी बनाउने नेपाल सरकारको अभियान अन्तर्गत बुधबार काठमाडौं उपत्यकाका सडकबाट बालवालिकाको उद्दार गरेको परिषदका प्रशासकीय प्रमुख कृष्णप्रसाद भुषालले जानकारी दिनुभयो ।

परिषद्ले बालवालिका खोजतलास समन्वय केन्द्र (१०४) लगायत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा रत्नपार्क, न्युरोड, बसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोक लगायतका स्थानबाट ३० वालक र १५ वालिकाको उद्दार गरेको उहाँले बताउनुभयो । उद्दार गरिएका बालवालिकाहरु ३ देखि १८ वर्ष उमेर समूहका रहेका परिषदले जनाएको छ । -गोरखापत्र

थप समाचार