कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार

प्रकाशित मिति:

काठमाडौं – कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न स्थानीय रामकृष्ण भुसाललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकूल थापाले स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेको पुष्टि गरे ।

एसएसपी थापाका अनुसार कृषि विकास बैंकबाट ह्याक भएकोमध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको देखिएको थियो । प्रहरीले ह्याक भएको रकम ट्रान्सफर भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो । पक्राउ परेका भुसाल स्याङ्जाका निर्माण व्यवसायी (ठेकेदार) हुन् । उनले प्रतिक्षा निर्माण सेवा नामक निर्माण कम्पनी दर्ता गरेका जनाइएको छ ।