नेपाल र अफ्रिकी राष्ट्र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना

प्रकाशित मिति:

काठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र घानाले कुटनीतिक सम्बन्ध स्थापना गरेका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका तर्फबाट त्यहाँका विदेशमन्त्री शिरली अयोर्कर बोचवेले सम्झौता पत्रमा हस्ताक्षर गरेर कुटनीतिक सम्बन्ध स्थापना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

घाना समेत गरेर नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या एक सय ६८ पुगेको छ । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार नै भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा पनि भाग लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री ज्ञवालीले साउदी अरेबियाका विदेशमन्त्री डा. इब्राहिम अब्दुल्याजीज अल असफ र बहराइनका विदेशमन्त्री शेख खालिद बिन अहमदसँग पनि न्यूयोर्कमा दुईपक्षीय कुराकानी गरेको जनाइएको छ ।