तिलोत्तमा लगानी सम्मेलन र डायलसन अधिकारी

प्रकाशित मिति:

हुन त सिंगो देशले नै आयोजना गरेका लगानी सम्मेलन अपेक्षित सफल मानिएका छैनन्। यस्तो अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको आयोजना आफैमा चुनौतीपर्णू नै छ। तर पनि यति ठूलो र महत्वाकाक्षीं आयोजनाको हिम्मत गर्नु आफैमा सकारात्मक कदम हो। विगतका लगानी सम्मेलन त्यति सफल नभएकाले यस पटक पनि त्यस्तै हुन्छ भन्ने अहिले नै निष्कर्ष निकाल्नु अलि हतारो हुन्छ। त्यसैले यो सम्मेलनको तामझाम र तडकभडक मात्र होईन यसले दीर्घकालसम्म असर छाड्न सक्यो भने मात्र पनि सफल मान्न सकिएला। अर्को तर्फ स्वदेशका र स्थानीय उद्योगीहरुले नै लगानीको वातावरण नभएको भन्दै घोक्रो फुल्ने गरि चिच्चाईरहेको लामो समयदेखि हामीले नसुनेका पनि होईनौं।

एकातिर लगानीकर्ता खोजी रहेका छौं भने अर्को तर्फ यहिका लगानीकर्ता वातावरण नभएको जिकिर गरिरहेका छन्। यस्तो ठिक विपरित अवस्थालाई पनि गंभिरताका साथ सरोकारवालाहरुले मनन् गर्नु पर्दछ। आर्थिक सम्बृद्धिका कुरा अहिले फेसन जस्तै भएका छन्।
कुनै पनि नेता मन्त्री वा जनप्रतिनिधीहरुले यो शब्द आफ्नो भाषणमा छुटाए भाषण नै अपूर्ण भएको ठान्ने अवस्था छ। तर सम्बृद्धिको वाटो के हो भनेर सोध्ने हो भने उसको वोली नै बन्द हुन्छ। यस्तो अवस्थाको अहिलेको परिप्रेक्षमा गरिएको लगानी सम्मेलनले सम्बृद्धिको वाटो पनि देखाउन सक्नु पर्दछ। विगतमा राजा र राणाले खोलेका उद्योगहरु राजनीतिक क्रान्तीदेखि अनेक कारणले बन्द गराएका अहिलेका राजनीतिक दलहरुले उद्योग खोलेर जनतालाई सम्बृद्धि दिन्छौ भन्ने कुरा आफैमा रोचक छ। देशलाई आत्मनिर्भरताका लागि भनेर त्यतिवेला खोलेका उद्योगहरु अहिले धमाधम निजीकरण भए। भएका केहि बचेका पनि रुग्ण अवस्थामा छन्। देशका नागरिकहरुलाई आवश्यक पर्ने सामाग्री उत्पादन र त्यसको कच्चा पदार्थ समेतको प्रवन्धका लागि खोलिएका त्यस्ता अधिकांश उद्योगहरु प्रजातन्त्रदेखि गणतन्त्र ल्याउदाको समयमा बन्द भए। राजनीतिक व्यवस्था परिर्वतनका नाममा सरकारी उद्योग वन्द गरेका अहिलेका सत्ता संचालक हुन या प्रतिपक्षमा रहेका दलहरु सबैले आर्थिक परिर्वतनलाई विगतमा तपसिलमा राखे।

त्यसमाथि कतिपय दलहरुले हिजो ध्वंसको वाटोमा हिडेर राष्ट्रिय सम्पति खरानी बनाए। ती अन्दोलनहरु कति अवश्यकता थिए वा थिएनन त्यसको छुट्टै वहस गर्न सकिएका तर राजनीतिक परिर्वतनका नाममा देश आर्थिक रुपमा टाट पल्टीदै पूर्ण परनिर्भरतामा गएको प्रष्ट हो।
हामीले भन्दा धेरै पछि आर्थिक सम्बृद्धिको वाटोमा लागेका भनिएका देशहरु आज धेरै अगाडि बढेका छन्। अझ भन्नु पर्दा हिजो भोकमरी लागेर नेपालवाट खाद्यान्न लगायतका समाग्री पठाएर छाक टारेका देशहरु आर्थिक सम्बृद्धिको शिखरमा पुगेका छन्। कोरिया होस् या जापान अथवा छिमेकी मुलुक भारत र चीनसमेत पनि आज बिशाल अर्थतन्त्र भएका देश बनेका छन्। तर नेपाल दिन प्रतिदिन ओरालो यात्रामा छ। यसका वारेमा नेपालको अर्थतन्त्र स्पष्ट रुपमा बुझ्नका लागि आयात, निर्यात र रेमिटान्सको तथ्याक हेरे स्पष्ट हुन्छ। आखरी नेपालको अर्थतन्त्र किन यसरी खस्कीएको हो भन्ने विषयमा सत्तामा बसेकाहरु समिक्षाका लागि कहिल्लै तयार भएको देखिएन्। हामीले आर्थिक सफलता चुमेका देशको अध्ययन गरे पनि बुझ्न सकिन्छ कि त्यो देशको मानव शक्तिलाई सम्बृद्धिमा कहाँनेर र कसरी जोड्नु पर्दछ भनेर। देशको मानव शक्ति, प्राकृतिक स्रोतको समूचीत प्रयोग र मार्केटिङको कुरामा राज्यले गम्भीरतका साथ ध्यान नै नदिएर आजको अवस्था आएकोमा आंशिक सतत्यता भेटिन्छ।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन देशभित्र र वाहिरका केहि देशमा सकारात्मक संचार प्रवाह गर्न सक्नु पर्दछ। आजको ‘ग्लोवोलाईजेसन’मा नेपालमै विदेशी लगानीकर्ता आउनु पर्ने आधार हामीले दिन सक्नु पर्दछ। उनीहरुलाई भौतिक पूर्वाधार सुरक्षा जस्ता कुरामा ग्यारेन्टी गरेमा मात्र उनीहरु नेपालमा लगानीका लागि सकारात्मक बन्न सक्छन्। अहिलेका विदेशी लगानीमा चलेका उद्योगहरुको अवस्था हेरेर पनि उनिहरुले धारणा बनाउने भएकाले पनि त्यसतर्फ ध्यान दिन सक्नु पर्दछ। स्वदेशी लगानीकर्ताले पनि लगानीपूर्व केही कुराहरुमा आफूलाई सुरक्षित महसुस गर्न सक्नु पर्दछ। होईन भने हामीले औपचारिकतामा निम्तो बढाउने वाहेक केहि हुदैन्। त्यसले उनीहरुलाई लगानीका लागि आउनका लागि खाली निम्तो मात्र होईन सुपारी नै दिन सक्नु पर्दछ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलको समिप, भारतीय सिमानाका नजिकै, प्रयाप्त जग्गा जस्ता आधारहरु भएकोले पनि तिलोत्तमामा लगानीको अनुकुल छ भन्ने पक्षलाई बल पुग्छ। लगानी गर्न आउनेहरुलाई दिने सहुलियतदेखि भौतिक पूर्वाधारमा सपोट गर्ने कुरा पनि सकारात्मक नै होला। तर पनि हामीले धेरै तर्फबाट विश्वास जित्न आवश्यक छ। एउटा लगानीर्ताले उद्योग स्थापना गर्न र अहिलेको अवस्थाले लगानी गर्न तम्सीनेहरुको संख्या घट्न सक्छ। त्यसले हामीले हाम्रो आनीवानीमा सुधार ल्याउन पनि आवश्यक रहेको छ। यसका लागि सरोकारवाला सबै सरोकारवाला निकाय जिम्मेबार वन्नु पर्दछ। लगानी सम्मेलन भन्दा वित्तीकै अझै पनि झसंग हन्छ।आफ्नो सम्मेलनको तयारीकै लागि तिलोत्तमा नगरपालिकाको टोली पूर्वी नेपालको यात्रामा थियो। त्यहि वेला भएका सडक दुर्घटनामा यस क्षेत्रका पत्रकारिताका एउटा महत्वपूर्ण सिपाही डायलसन अधिकारी हामी माझवाट सधैंका लागि विदा हुनु भयो। जसका कारण पनि लगानी सम्मेलन मिडियाकर्मीहरुका विचमा एउटा दुखःद संयोग बनेको छ। आर्थिक पत्रकार समाज लुम्बिनीका अध्यक्षसमेत रहेका डायलसन अधिकारीका कारण पनि यो सम्मेलन सफल हुनु पर्दछ।

खासगरी आर्थिक समाचार लेखनमा वढी रुची राख्ने अधिकारीको अभाव रुपन्देहीमा आर्थिक समाचारहरुको उठानमा लामो समय देखिने छ। लामो समय सम्म एउटै संचार माध्यममा रहेर काम गरेको अनुभवले पनि होला डायलसनकाे संचार क्षेत्रमा धेरै अभावको महसुस भएको छ। एउटा दीर्घकालिन महत्वको विषयको अभियानमा जाँदा ज्यान गुमाएका डायलसन दाईलाई यो सम्मेलनले पनि सम्झिरहने छ भन्ने अपेक्षा छ। सञ्चारकर्म गर्दाका वेला हुने यस्ता घटनाले धेरै समयसम्म मन दुखाउदाे रहेछ। तर कमजोर होईन अत्मवल बढाएर काम गर्नु समयको माग हो। त्यसैले पनि हामी संचारकर्मीहरुले पनि सम्मेलनको सफलताका लागि आफ्नो स्थानवाट सदैव सहकार्य गर्ने छौं। हामीले सम्मेलनका नाममा एउटा योद्धा गुमाउनु पुग्यो। त्यसको अव कुनै वदला होईन त्यसको बदला एउटै हो सम्मेलन सफल हुनु। जब सम्मेलन सफल हुन्छ तव पत्रकार अधिकारीको अात्माले शान्ती पाउने छ। आर्थिक क्षेत्रमा कलम चलाउने अधिकारीले आफु मरेर गए पनि यस क्षेत्रको आर्थिक सम्बृद्धि भएको हेर्ने उनको चाहना पुरा हुने छ। लगानी सम्मेलनको सफलतासंगै डायलसन अधिकारीप्रति हार्दिक श्रदासुमन।

                             विक्रम खड्का