प्रदेश नम्बर ५ ले ओलीका आइटीविज्ञ अलिको ई–सेवाबाट हवाइ टिकट नलिन उर्दी दिएपछी …

प्रकाशित मिति:

राम प्रसाद भण्डारी/बुटवल – प्रधानमन्त्री ओलीका आइटीविज्ञ अलिको स्वामित्व रहेको ई–सेवाबाट हवाइ टिकट नकाट्न प्रदेश ५ सरकारले उर्दी जारी गरेको हो ।  प्रदेश नम्बर ५ सरकारले ई–सेवाबाट हवाइ टिकट नलिन सूचना जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका आइटीविज्ञ असगर अलिलाई झट्का लागेको छ । अन्यथा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक सूचना निकालेर अनुमति नलिई ई–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको छ । ‘पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली ई–सेवा लगायतका इ–टिकेटिङबाट हवाई टिकेटिङको कारोबार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्दसमेत हुनेछ’, सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । तर, पोखरेल नेतृत्वको सरकारले प्रधानमन्त्री ओलीका आइटीविज्ञ अलिको स्वामित्वमा रहेको ई–सेवाबाट हवाइ टिकट नलिन सार्वजनिक सूचना जारी गरेपपछि सत्तारुढ नेकपाभित्र नयाँ तरंग पैदा भएको सहजै अनुमान गर्न सकिन्छ ।

ट्राभल र ट्रेकिङ एजेन्सीहरुको दर्ता र नियमन सम्बन्धी सूचना