​सडक छेउमा शौच गर्ने १० वर्षीय बालकको कुटेर हत्या

प्रकाशित मिति:

एजेन्सी – भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लामा १० वर्षका एक बालकको कुटपिटपछि हत्या भएको छ। खुला स्थानमा शौच गरेको भन्दै एक दलित समुदायका बालकको कुटपिटपछि हत्या भएको बीबीसी हिन्दीले जनाएको छ।

बुधबार भावखेडी गाउस्थित १२ वर्षकी रोशनी र १० वर्षका अविनाश सडक छेउमा शौच गर्न गएका थिए। उनीहरुले त्यहाँको पञ्चायत भवन छेउमा शौच गरेको देखेपछि त्यहाँको हाकिम र उनका सहयोगी रामेश्वरले दुवैमाथि कुटपिट गरेका थिए। कुटपिटका क्रममा १० वर्षका अविनाशको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ। ती बालक बालिकाबीच फुपु–भतिजोको साइनो भएको जनाइएको छ।