वार्ताबाट समस्या समाधान गर्न नयाँ शक्ति विद्यार्थी युनियनको आग्रह

१० आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल –बुटवल वहुमुखि क्याम्पस प्रशासनले क्याम्पसमा विद्यार्थी संगठनबीच झडपको स्थीतिमा पुराएको र शान्ति क्षेत्र भनेर घोषणा गरिएको शिक्षा क्षेत्रमा प्रहरी परिचालन गरेको भन्दै नयाँ शक्ति विद्यार्थी युनियन वुटबल बहुमुखि क्याम्पसले आपत्ति जनाएको छ ।युनियनले बिहिबार साहयक क्याम्पस प्रमुख भुवन खनाल लाई विज्ञप्ती बुझाउँदैै घटनालाई शान्तिपूर्ण वार्ताको टेवलमा ल्याउन पहल गर्न क्याम्पस प्रशासन र वार्तावाट समाधान खोज्न सम्पूर्ण विद्यार्थी संघ संगठनलाई आग्रह समेत गरेको छ ।

क्याम्पस प्रमुख शखिशरण सुवेदीले विज्ञप्ती बुझने समय नदिए पछि आफूहरुले साहयक क्याम्पस प्रमुख भुवन खनाल मार्फत क्याम्पस प्रमुख सुवेदीलाई विज्ञप्ती बुझाएको युनियनका कार्यवाहक अध्यक्ष बसन्त आचार्यले बताए । क्याम्पसले विएससी सिएसआइटिमा प्रवेश परीक्षा दिई पहिलो लिष्टमा नाम निकालेका बिद्यार्थी भर्ना नभएको अबस्थामा क्रमशः दोस्रा, तेस्रो लिष्टमा नाम निकालेका विद्यार्थीको मेरिट लिस्टको आधारमा विद्यार्थी भर्ना नगरी फस्ट कम फस्टको आधारमा विद्यार्थी भर्ना गरेर क्याम्पस प्रशासनले गल्ती गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल विद्यार्थी संघले पनि मेरिड लिस्टको आधारमा विद्यार्थीको भर्नाको माग गर्दै असोज ७ गते क्याम्पस प्रमुखको कुर्सी जलाइदिनुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । स्वतन्त्र विद्यार्थीको नाममा नेविसंघले लगाएको ताला दुई पटकसम्म फोरी दिए पछि क्याम्पसमा विद्यार्थी संगठनबीच तनावको अवस्था उत्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया