लिटिल प्रिन्सको उपाधि परिवेशलाई

१० आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
15 Shares


इटहरी-ग्ल्यामरस् नेपालको आयोजनामा इटहरीमा सम्पन्न ‘द लिटिल प्रिन्स एन्ड प्रिन्सेस’ प्रतियोगितामा लिटल प्रिन्सको उपाधि इटहरीकै परिवेश दंगालले जितेका छन् । लिटिल प्रिन्स वन्न सफल परिवेशले सिनियर ब्वाइजतर्फको बेस्ट फ्रेन्डसिप र मस्ट हेन्समको हवार्ड समेत हात पारे ।दुईवटा विधाका विजेता परिवेशले लिटल प्रिन्सको उपाधि जित्दा फस्ट रनर–अप सौरभ दाहाल र सेकेन्ड रनर–अप एभिन निरौला भएका छन् । फस्ट रनर–अप सौरभले बेस्ट पर्सनालिटि र सेकेन्ड रनर–अप अबिनले बेस्ट ट्यालेन्टको उपाधि पनि जिते ।यता सिनियर गर्लस् तर्फको अवार्ड अमिरन गौतमले जितिन् भने फस्ट रनर–अप एसिका मगर, सेकेन्ड रनर–अप एक्सीना श्रेष्ठ र थर्ड रनर–अप करिना मगर घोषित भए ।यस्तै जुनियर गर्लस् तर्फको अवार्ड दिब्या राउतले जितिन् भने फस्ट रनर–अप दिब्यानी रिजाल, सेकेन्ड रनर–अप जाकिया कोइराला र थर्ड रनर–अप मनिषा श्रेष्ठ घोषित भए ।

यता जुनियर ब्वाइजतर्फको अवार्ड अर्पण श्रेष्ठले जितेका छन् ।जसमा फस्ट रनर–अप आरोहण राई, सेकेण्ड रनर–अप प्रयूश ओझा र थर्ड रनर–अप सुबोध धमला घोषित भए ।बालबालिकाको क्षमता र व्यक्तित्व विकासका साथै उनीहरुमा लुकेर रहेको प्रतिभालाइ प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ग्ल्यामरस् नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले जानकारी दिए ।प्रतियोगितामा निर्णायकको रुपमा नेपाल जेसिज बर्ष २०१४ का राष्ट्रिय अध्यक्ष तथा यूवा व्यवसायी सुशीलबाबु श्रेष्ठको नेतृत्वमा कलाकार प्रकास घिमिरे, मोडल तथा टेलिभिजनकर्मी प्रिया रानी लामा र ब्यूटिसियन तथा सामाजिक व्यक्तित्व विजु श्रेष्ठ रहेका थिए ।प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिको रुपमा पूर्व भुमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा र विशेष अतिथिमा इटहरी लेडि जेसिजकी अध्यक्ष सीता रसाइली तथा पूर्वाञ्चल ब्रिटिस एजुकेशन कन्सलटेन्सी इटहरीका प्रमुख नरेन्द्र दंगाल लगायत रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना