क्यानको नयाँ नेतृत्वका लागि बढ्यो चुनावी सरगर्मी

प्रकाशित मिति:

                                                                          कुन समूहबाट को को उम्मेद्वार?

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा आज (शुक्रबार) दिउँसो पौने २ बजे शुरु हुँदैछ । दुई दिन चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि पूर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुर बहादुर चन्द चुनावी दौडमा छन् ।क्यानको निर्वाचित कमिटि १७ सदस्यीय हुनेछ । उम्मेद्वारी दर्ता शनिबार बिहान ८ बजेमात्र हुने भएपनि अहिले दुवै पक्ष चुनावी चहलपहलमा होमिइसकेका छन् । यसैक्रममा दुवै पक्षले मुख्य ४ पदका लागि आफ्ना उम्मेद्वार तयार गरेको बताएका छन् ।

पूर्वअध्यक्ष पाण्डे नेतृत्वको समुहबाट उपाध्यक्षमा प्रदेश नम्बर एकका अध्यक्ष मिङ्‍मा डुण्डु शेर्पा, सचिवमा बाँकेका बिनोद मैनाली र कोषाध्यक्षमा महोत्तरीका उपेन्द्र भट्टराई उठ्ने करिब पक्का भएको बताइएको छ । सहमतिका आधारमा राम्रो टिम बनाएर जाने भन्दै पाण्डेले आफु अहिलेपनि मिलेर अगाडि बढ्ने प्रक्रियामा रहेको बताएका छन् । ‘म अहिले पनि मिले राम्रो टिम बनाउने पक्षमा छु । उहाँहरुसँग छलफल भइरहेको छ,’ पाण्डेले भने ।

चुनावी मैदानमा रहेका अर्का अध्यक्ष चन्दको समूहबाट उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने टुङ्गो लागेको बताएका छन् । क्यानका सदस्य भने खुल्ला रुपमा ल्याउने तयारी गरिएको छ। ३९ जिल्लाका प्रतिनिधि र २० प्रदेशका प्रतिनिधिसहित शनिबार हुने निर्वाचनमा ५९ जनाले क्यानको निर्वाचनमा भाग लिनेछन् ।

को-को छन् क्यानको निर्वाचनमा मतदाता?

अर्जुन पौडेल, इलाम
लाक्पा लामा, झापा
रोशन कुमार बुढाथोकी, मोरङ
कैलाश विष्ट, सुनसरी
शम्भु प्रसाद शर्मा, उदयपुर
मिङ्‍मा डुण्डु शेर्पा, प्रदेश १
मनोज कटुवाल, प्रदेश १
शिरिष उपाध्याय, प्रदेश १
पवनकुमार अग्रवाल, बारा
हिरा भगन, धनुषा
रोशनकुमार सिंह, महोत्तरी
दाउद अंसारी, पर्सा
पवनकुमार गुप्ता, रौतहट
आयुष श्रेष्ठ, सप्तरी
माधवकुमार कर्माचार्य, सर्लाही
सुनिलकुमार महासेठ, सिरहा
आकाश पाण्डेय, प्रदेश २
सुनिलकुमार शाह, प्रदेश २
मुर्तुजा हवारी, प्रदेश २
अनिलकुमार शर्मा, प्रदेश २
विनयराज पाण्डे, भक्तपुर
कैलाश प्रधान, चितवन
अमित वीर पाण्डे, काठमाडौं
नरेश राणा, ललितपुर
दिपेन्द्र ढकाल, मकवानपुर
उपेन्द्र भट्टराई, नुवाकोट
दुर्गाराज पाठक, प्रदेश ३
करन महतरा क्षेत्री, प्रदेश ३
प्रफुल्ल बैध, प्रदेश ३
संजय कान्त सिग्देल, कास्की
राजुबाबु श्रेष्ठ, नवलपुर
जगतबहादुर टमाटा, स्यांङजा
सुदिप शर्मा, तनहुँ
ऋषी राम गौतम, प्रदेश ४
प्रकाश पौडेल, प्रदेश ४
विनोद कुमार मैनाली, बाँके
अशोक नाथ प्याकुरेल, बर्दिया
प्रदिप मजगैया, दाङ
प्रकाश गैरै, कपिलवस्तु
कृष्णप्रसाद श्रेष्ठ, नवलपरासी
राजेश श्रेष्ठ, पाल्पा
प्रशान्त विक्रम मल्ल, रुपन्देही
पदमबहादुर खड्का, सुर्खेत
संजय गुरुङ, प्रदेश ५/६
संजय राज सिंह, प्रदेश ५/६
विनय राजभण्डारी, प्रदेश ५/६
श्रीधर केसी, प्रदेश ५/६
धिरेन्द्र साउद, अछाम
चतुरबहादुर चन्द, बैतडी
प्रविन्द्रबहादुर चन्द, कञ्चनपुर
बासुदेव जोशी, डडेल्धुरा
दिनेश सिंह, डोटी
जयन्ती भट्ट, दार्चुला
विक्रम विष्ट, कैलाली
हरि रेग्मी, प्रदेश ७
तेज प्रकाश भट्ट, प्रदेश ७
आशिष कुमार, प्रदेश ७
हरि प्रसाद उप्रेती, प्रदेश ७                                                                                                                               – खबरहब