वि.पी विचारको नगर समिती विस्तार

१० आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल – विपी विचार राष्ट्रिय समाजको बुटवल उपमहानगर समिती विस्तार भएको छ । यस अघि नै चयन हुनु भएका नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले विधानमा भएको प्रावधान अनुशार नगर समितिलाई पुर्णता दिनु भएको हो । समाजको विस्तारित नगर समितिको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा जय प्रकाश भट्टराई,कोषाध्यक्षमा ज्ञान प्रसाद खनाल र सह सचिवमा विष्णु भण्डारी चयन भएका छन् ।  त्यसैगरि समाजका नगर सदस्यहरुमा माधव प्रसाद प्रधान, चखां पुन तिर्थ पंगेनी,माया भण्डारी, पुनम पौडेल, धुव्र भट्टराई, टेक नारायण टण्डन राधा पोखेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा खिमा खनाल, निर्मल आचार्य, रविन जी.सी., प्रेम बहादुर सुनार, कोपीला आचार्य, सीता कुवर, नारायण तिवारी र समसुद्धिन मियाँ रहेका छन् ।

नगरसमितिको कार्यकालको सफलताका शुभकामना दिदै नेपाली कांग्रेसका जिल्ला सचिव तथा समाजका सल्लाहकार रामकृष्ण खांणले संस्थागत क्रियाशिलता बढाउन आग्रह गर्दै सहयोग र सहकार्यका लागि आफु सधै तयार रहेको बताउनु भयो । सोहि अवसरमा जिल्ला अध्यक्ष शरद भट्टराई, जिल्ला सल्लाहकार हरि न्यौपाने, जिल्ला सल्लाहकार विष्णु पोखरेल   ,कृष्ण पोख्रेल, जयप्रकाश भट्टराई लगायतले बोलेका थिए । सो अवसरमा नगर अध्यक्ष अधिकारीले केहि दिनभित्रै विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिने बताए । यस अघि समाजको तिलोत्तमा नगरसमितिले पुर्णता पाईसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा